बिर्तामोड, असार २४ । रगतको अभाव भइरहेको बेला झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।

पञ्चकन्या सोसाइटी र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा सोमवार रक्तदान गरिएको हो ।कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोग रहेको थियो । ‘पञ्चकन्या सोसाइटीको चाहना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित विविध सामाजिक काम गर्दै आएको सचिव बिपी लामिछानेले जानकारी दिए ।

बिर्तामोड–१ स्थित बिन्ध्यावासिनी दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष बिष्णु चुडालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल र बिर्तामोड खानेपानीका अध्यक्ष बास्तोलाले रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्