झापा,असार २४ । नेपाल– भारतबीच सीमा सुरक्षासम्बन्धी छलफल भएको छ ।


आज दिउँसो भद्रपुर ८ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापामा जिल्ला प्रशासन कार्यालय झापाले इन्डो नेपाल बोर्डर कोअर्डिनेटर कमिटीको बैठक आयोजना गरेको थियो । बैठकमा बिपद् ब्यबस्थापन, सीमा तथा सीमा स्तम्भ, दशगजामा लगाएको खेतीबाली हटाउने, सीमा अपराध, लागूऔषध नियन्त्रण, अपराधीहरुको सेल्टर पहिचान, मानव वेचबिखन तथा ओसारपसार, सीमापार अवैध बसाईं सराई, अबैध चोरी निकासी÷पैठारी तथा अन्य समसामयिक बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सहायक प्रमुख जिल्ला अधिकारी बिश्वराज नेपाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन के.सी, नं.२ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राई, जनताको तटबन्ध कार्यालय झापाका ईन्जिनियर यादब बराल सहभागी थिए ।

त्यस्तै भारतका तर्फबाट जिल्ला किसनगञ्जका आइएएस डिस्ट्रिक मजिस्ट्रेट तुसार सिंग्ला , किसनगञ्जका पुलिस सुपरिटेन्डेन्ट सागर कुमार , किसनगञ्जका एडिसनल डिस्ट्रिक मजिस्टे«ट अमेरेन्द्र कुमार पंकजलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्