झापा, असार २५ । मेची नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुने भारतकी १९ वर्षीया सकिना किसान रहेकी छन् । भारत दार्जिलिङ छोटिमनिराम ग्राम पंचायत ८ मनिरामस्थित खेतीमा रोपाई गरेर भारततर्फ नै फर्कने क्रममा ती युवतीलाई मेची नदीको बाढीले बगाएको थियो ।

आज दिउँसो ४.४५ बजे मेची नदीको किनारमा ती युवतीको शव फेला परेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्