झापा, असार २६ । पहिचानवादीहरुले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तेह्रथुममा कालो झन्डा देखाएका छन् ।
मुख्यमन्त्री कार्की लाँलीगुरास –२ बसन्तपुरस्थित होटेल याकबाट प्रदेश १ ०४–००१ झ ०००३ नम्बरको गाडीमार्फत जिल्ला प्रशासन कार्यालयतर्फ जाने क्रममा पहिचानवादीहरुले कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । लाजेहाङ फोर्सका जिल्ला कमाण्डर धनेन्द्र लिम्बूको नेतृत्वमा करिब १५ जनाको समूहले कार्कीलाई कालो झन्डा देखाउँदै ‘वीर सहिद लाजेहाङ लिम्बू अमर रहून्, पहिचान विरोधी होसियार, लाजेहाङको रगत आलै छ, हत्यारा हिक्मत कार्की मुर्दावाद, कोशी नाम मान्देनौ, कोशी नाम खारेज गर’ लगायतका नाराहरु लगाई विरोध प्रदर्शन गरेका थिए । मुख्यमन्त्री कार्की आज तेह्रथुममा एमालेको कार्यक्रम, जिल्ला प्रशासन कार्यालयको निरीक्षण अन्य कार्यक्रममा सहभागी भएका थिए ।