झापा,असार २९ । सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा यात्रु ऋषिपाल साहको शव भेटिएको हो ।

खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

’शुक्रबार बिहान रातिको घटना हो । त्यसपछि शुक्रबार दिनभर हामीले खोजी ग¥यौँ । तर कुनै उपलब्धि हासिल भएन,’ उनले भने, ’आज हामी थप व्यवस्थितरुपले रणनीतिहरु बनाएर खोजी गरिरहेका छौँ । अहिले गोलाघाटमा ऋषिपाल साहको शव भेटिएको छ भने उहाँको परिवारले सनाखत समेत गरिसकेको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्