झापा,असार २९ । सुनसरीको धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले धरान १९ का १७ वर्षीया एक किशोरीको कोठामा लुकाएर राखेको ड्रमाडोल १४ हजार नौ सय एक क्याप्सुल, स्पाज्मोल सात हजार ४९६ ट्याप्लेट र कोलीबान एक हजार १५५ ट्याप्लेटसहितको अवैध लागूऔषध तथा नियन्त्रित औषधी प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार कानुनी प्रक्रिया पूरा गरी चेकजाँच गर्दा अवैध लागूऔषधसहित नगद ७६ हजार रुपियाँ फेला पारी कानुन बमोजिम बरामद गरिएको हो ।

सो कार्यमा संलग्न सोही कोठाबाट एक जना १७ वर्षीया किशोरी, धरान उपमहानगरपालिका ४ का २६ वर्षीय मदन राई, सोही ठाउँका १९ वर्षीय सचिन राई, धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतीय नागरिक अररिया ईन्द्रनगर वाड नम्बर ९ जोगवनीका २८ वर्षीय रवि कुमार सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्