झापा,साउन १ । ओखलढुङ्गामा डेंगु सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनाको अवधिमा २२ जनामा डेंगु सङ्क्रमण देखिएको हो।

गत जेठ महिनामा जिल्लाका विभिन्न स्थानका सात जनालाई डेंगु सङ्क्रमण पुष्टि भएकोमा असार महिनामा दोब्बरले बढेर १५ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोख्रेलले बताए ।

सङ्क्रमित सबै जनाले घरमै रहेर उपचार गराइरहेको सूचना अधिकारी पोख्रेलको भनाइ छ । हाल ओखलढुङ्गा सामुदायिक अस्पतालबाट किटमार्फत डेंगु परिक्षण हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख कर्मचन्द्र राजवंशीले बताए ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अङ्गबाट रगत बग्ने भएमा डेंगु भएको हुनसक्ने भएकाले बेलैमा परिक्षण गराउन स्वास्थ्य कार्यालयले जिल्लाका नागरिकमा आग्रह गरेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र वातावारण स्वच्छ सफा राख्न जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजवंशीको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्