झापा,असार २ । मोरङमा मोटरसाइकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी–१० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १–०२–०४८ प ६२०२ नम्बरको खैरो निलो कलरको १५० सिसीको एफ जेट मोसा त्रिवेणी चोक स्थितमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाइकल गत असार २२ गते हराएको थियो।

हराएको उक्त मोटरसाइकल मङ्गलवार सुन्दरहरैचा नगरपालिका–९ जब्दि स्थित भित्री सडकमा सोही मोटरसाइकलको नम्बर परिवर्तन गरी प्र १–०२–०४७ प ८२६९ नम्बर प्लेट राखी बेलबारी– ७ बस्ने वर्ष २३ को सुमन चौधरी र सुन्दरहरैचा नगरपालिका– ९ बस्ने वर्ष २१ को सुदिप परियारलाई राखी कुदाई रहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए।

मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्