झापा,साउन ३ । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत झापा गाउँपालिका ५ पन्थापाडामा शिवबाबा किराना संचालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् ।

कम्पनीले आफ्नो च्यानल इको सिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्धेश्यका साथ यो कार्यक्रम लागू गरेको जनाएको छ । बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रप्रसाद गणेशलाई १२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४,७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य थिए । विजेता नगेन्द्र गोलाप्रथामार्फत छानिएका हुन् ।यस कार्यक्रमअन्तर्गत देशभर सातै प्रदेशबाट १,१०० जना खुद्रा विक्रेताहरूले विभिन्नउपहार पाउन सफल भएका छन् ।
यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको कर्पोरेट कम्युनिकेसन अफिसर रमेश श्रेष्ठले बताए । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्ने उनले बताए ।

एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यावसायिक सफलतालाई सहयोग गर्न कम्पनी समर्पित रहेको जनाएको छ । साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई ‘सधैं अन’ रहन मद्धत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ ।

आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आमउपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिलाभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनःलिँदा थपिएर आउने र बन्डल सेवाहरुका साथ निर्धक्क सेवा पाईने यो योजनाको मुख्य विशेषताहरु रहेका छन् । कार्यक्रममा बितरक कम्पनी प्रिन्सा एण्ड आवत ट्रेडिङ प्रालि बिर्तामोडका सञ्चालक सुरेन्द्र कटुवाल, सिनियर सेल्स एक्जीक्यूटिभ प्रबिन गिरी, सिनियर एक्स्पर्टिष्ट रमेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्