झापा, साउन ४ । मुस्ताङको घरपझोङ गाउँपालिका ५ धुम्बा तालस्थित निर्माणाधीन कुछप तेरङ्गा गुम्बामा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना कामदारको मृत्यु भएको छ ।

गुम्बाको ढल व्यवस्थापनको लागि नाली बनाउन ट्रयाक खन्ने क्रममा अचानक माथिबाट सुख्खा माटोको ढिस्को पुरिएर .सर्लाही लालबन्दी १५ बस्ने वर्ष १९ का कान्छा भन्ने होमबहादुर बुढाथोकी र दाङ गढवा १ गोबरडिया बस्ने अन्दाजी वर्ष ३० का रवि दर्लामी मगरको मृत्यु भएको हो ।

गुम्बामा तीनजना कामदार कार्यरत रहेका थिए । तीमध्ये सर्लाही लालबन्दी १६ वस्ने वर्ष अन्दाजी २७ का सुवास भन्ने जगत थापा सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्