झापा, साउन ४ । कन्काई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले बरामद गरेको छ ।

आज बिहान अन्दाजी ४ः३० बजेको समयमा शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोजी गरेको थियो ।

त्यसक्रममा अन्दाजी ५७ हजार बराबरको १९ क्यु.फिट चिरान काठ फेला परेको थियो । काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्