झापा, साउन ५ । झापाको कनकाई नगरपालिका ६ मन्सापुरमा रहेको महालक्ष्मी स–मिलबाट मोटर चोरी गर्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय निलेश बुढाथोकी, अन्दाजी २४ वर्षीय महेश तामाङ, वडा नं ७ बस्ने २२ वर्षीय बिनोद टुडू र वडा नं ६ बस्ने अन्दाजी २० वर्षीय पारस तामाङ रहेका छन् । उनीहरुले सो मोटर कनकाई ४ बस्ने ३९ वर्षीय ताराप्रसाद तिवारीलाई बेचेका थिए ।

अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्