भद्रपुर, साउन ६ । भद्रपुर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसर पारेर शिक्षण सेवामा जीवन समर्पण गरेका ७७ जना गुरूहरूलाई सामूहिक सम्मान गरेका छन् ।


२०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामूहिक प्रयासमा शिक्षणसम्बद्ध तीन पुस्तासम्मका गुरू—गुरूआमाहरूलाई सम्मान गरिएको हो ।
वि.सं २००२ सालमा स्थापना भएको भद्रपुर माविमा रहेर पढनपाठनमा जीवन समर्पण गरेका गुरू—गुरूआमाहरूलाई झण्डै ३९ वर्षपछि पुनर्मिलन गराइ गुरू सम्मान गरिएको जनाइएको छ ।

‘साथी सुखमा पनि दुःखमा पनि’ नामक संस्थामार्फत भद्रपुरका १० वटा विद्यालयबाट दिवङ्गत गुरूका प्रतिनिधिसहित ७७ जना गुरूहरूको सहभागिता थियो । छरिएर रहेका सेवानिवृत्त शिक्षकहरूले सो कार्यक्रमको माध्यमबाट सहकर्मी साथीहरूसंग भेट गर्ने अवसर समेत पाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्