झापा , साउन ७ । माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ ।

इलाम सूर्योदय नगरपालिका वडा नं.१३ लक्ष्मीपुर घर भई हाल दमक नगरपालिका वडा नं.–३ धिमाल टोलका तेजबहादुर धिमालको घरमा बस्दै आएका १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो २ बजेको समयमा घरदेखि अन्दाजी ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर राई घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोली खटिएको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्