झापा,साउन ८ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाबीच कार्यसम्पादन सम्झौता भएको छ ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ अनुसार मन्त्रीले कार्य सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरुलाई साउन १५ गतेभित्र कार्यसम्पादन सम्झौता गर्नलाई निर्देशन दिएका थिए । सोही अनुरुप मन्त्रालयले सम्झौता गर्न सुरु गरेको हो।
मुख्यमन्त्री कार्कीले १५ गतेभित्र मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका थिए । उनले साउन १ गतेदेखि नै लागू हुनेगरि प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । कार्य सम्पादन गरेपछि मन्त्रालय र माताहतका काम गर्न सजिलो हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्