झापा, साउन ९ । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा एक व्यक्ति मृत फेला परेका छन् ।

अर्जुनधारा १ को वडा कार्यालयनजिकै धान खेतको पानीमा घोप्टो परेको अवस्थामा एक व्यक्ति मृत फेला परेको अर्जुनधारा १ का वडा अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । बिहान ७.३० बजेतिर घटनाको खबर प्राप्त भएको र आफू नेतृत्वको टोली अहिले घटनास्थलतर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।उनको हुलिया ३८–४० वर्षको ,रङ गहुँगोरो , हातमा टाटु भएको , हाफ पाइन्ट र कालो भेस्ट लगाएको र उचाई ५ फुट ३ इन्चजति भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्