झापा, साउन १० । झापाको कचनकवल गाउँपालिका ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे वडा नं ४ बस्ने तुलाराम शाहका १५ बर्षीय छोरा विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो । ।
खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्