झापा, साउन ११ । कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र आज बाहिरिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरूले आज मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नबसे पनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जनाए । ‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रह्यौ,’ आङ्बोले भने, ‘केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलपछि सरकार छाड्न बाध्य भएका हौं ।’एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधारमन्त्री गणेशप्रसाद उप्रेती, वन, वातावरण तथा पर्यटनमन्त्री नारायणबहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन, वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगड सामेल भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्