झापा, साउन १४ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.–४ का दुई दाजुभाई लागूऔषधसहित पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका वडा नं.–४ सट्टाभर्नामा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सम्बरसंगै कोठामा रहेका उनका भाई २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्