झापा , साउन १४ । अबैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो २.३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका वडा न.२ जयपुरस्थित तिरिङ खोलाबाट अबैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा को.२ त ५१८८ र प्र.१–०१–००२ त ०११२ नं को ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

ती सवारीसाधनलाई आवश्यक कार्बाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असारदेखि भदौसम्म नदीजन्य वस्तु उत्खनन् गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्