झापा, साउन १४ । अमेरिकाको टेक्सासमा आइतबार एक नेपालीको गोली हानी हत्या भएको छ।

टेक्सासको वेको सिटी नजिकै हाइवे–३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। रुकुमको बाँकेकोट–१० घर भएका वलीको लुटेराहरूको समूहले हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन जना लुटेरा संलग्न थिए।

घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्