बिर्तामोड , साउन १४ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजनामा नव आगन्तुक विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस गरी सय विद्यार्थी र तिनका अभिभावकलाई कलेजको नियम तथा कलेजमा हुने विभिन्न क्रियाकलापका बारेमा अभिमुखीकरण गरिएको हो । त्यस अवसरमा कलेजले गर्दै आएको लागूऔषध विरुद्धको अभियान ,जनचेतना कार्यक्रम “असत्य मार्ग” प्रस्तुत गरिएको थियो।

कलेजका संस्थापक तथा डाइरेक्टर संजोग खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरेलले कलेजको विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए । कलेजको नीति नियमका बारेमा कलेजका विद्यार्थी ब्यबस्थापन प्रमुख यज्ञराज कडरियाले प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य कलेजका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए ।

लागूऔषधका बारेमा रि–बिर्थ सेन्टरका संचालक राजु गिरीले सहजीकरण गरेको कार्यक्रमको संचालन कक्षा १२ का विद्यार्थी युना भट्टराई र सन्ध्या गुरुङले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्