झापा, साउन १४ । सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाउँदै उनको ठाउँमा डा. कृष्णप्रसाद ओलीलाई पठाउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली हाल प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् । झापा अर्जुनधारा ८ का ओली वातावरण कानुनसम्बन्धी जानकार हुन् । आइयुनसीएन, डसिमोड जस्ता अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका थिए ।

उनी चीनको सिचुवान युनिभर्सिटीका भिजिटिङ प्रोफेसरको रुपमा पनि लामो समय काम गरेका व्यक्ति हुन् । राजदूत सिफारिस भएका ओलीसंग विगतमा योजना आयोगको सदस्यको रुपमा पनि काम गरिसकेको अनुभव छ ।

माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्