झापा,साउन २८ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालयको सभाहलमा भएको भेटघाटमा उनले उक्त सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।


मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारको योजनालाई मूर्तरुप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिए । उनले भने “कोशी प्रदेश सरकार विस्तार गर्ने क्रममा छु र सकेसम्म नौ वटा मन्त्रालयभन्दा बढी नबनाउने सोचसहित नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन्छ ।” उनले संसद्को अधिवेशन सुरु भएपछि छ÷सात वटा ऐन संशोधनका तयारी भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्