झापा, भदौ १८ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईबीच बिहानै चर्काचर्की परेको छ ।

सामाजिक संजालमा लेखेको विषयमा उनीहरुबीच आज विहानै फोनमा चर्काचर्की परेको हो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा किन लेखेको भनेर फोन गरी संग्रौलासंग सोधेका थिए । फोनमा प्रसाईले आफूलाई ‘ तँ भ्रष्टाचारी , साला डाका ,नगरपालिका आउन मन छ कि छैन ?’ भनेर धम्की दिएको उपप्रमुख संग्रौलाले बताए ।प्रसाईले अरु पनि तथानाम गाली गर्दै धम्की दिएको संग्रौलाको भनाई छ ।

यस विषयमा बुझ्दा बीएण्डसीका संचालक प्रसाईले फेसबुकमा ‘ दुर्गे भनेर किन लेखेको दुर्गा प्रसाई भनेर लेख्दा के हुन्थ्यो’ भनेर संझाउन खोज्दा संग्रौला आफैले मुख छाडेको प्रतिक्रिया दिए । ‘ चिनी खाने , जाँड खाने …..’ आदि भनेर मुख छाडेपछि आफूले पनि जवाफ फर्काएको उनको दावी छ ।

बीएण्डसी हस्पिटलका संचालक प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान संचालन गर्दै आएका छन् । त्यसका बारेमा उपप्रमुख संग्रौलाले नकारात्मक टिप्पणी गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्