झापा,भदौ २१ । दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनका लागि नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपियाँ भुक्तानी गर्न स्वीकृति दिने निर्णय भएको छ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्