बिर्तामोड, भदौ २४ । नेकपा एकीकृत समाजवादीको युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र बाह्रकोटीसहित ३६ जना युवा एमालेमा प्रवेश गरेका छन् ।

एमालेले नेकपा समाजवादीका युवा संघ नेपालका इन्चार्ज खगेन्द्र बाह्रकोटी,जिल्ला अध्यक्ष सुनिल थापा, नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य राजन थापालगायतलाई पार्टीमा प्रवेश गराएको हो । आज विहान एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले युवाहरुलाई स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बाह्रकोटीले आफूहरु घर फर्किएको बताएका छन् । उनले हिजोको दिनमा गल्ती भएको भन्दै अब आफ्नो घर फर्किएर काममा लाग्ने प्रतिवद्धता जनाए ।

पार्टीमा स्वागत गर्दै नेकपा एमाले झापाका अध्यक्ष गिरीले युवाहरुको स्वागतले एमाले थप बलियो भएको बताए । उनले एमाले झन्झन् बलियो हुँदै गएकोमा खुशी व्यक्त गरे । अध्यक्ष गिरीले सबै युवाहरुलाई अवसर र जिम्मेवारी दिने सवालमा कहिल्यै विभेद नहुने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्