झापा,भदौ २४ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासमा इडिभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने सुवास ढकाललाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। अमेरिकी दूतावासले प्रहरीलाई जानकारी दिएपछि उनीहरु पक्राउ परेका हुन्। अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्