बिर्तामोड, भदौ २४ । मेची ट्रान्सपोर्ट एशोसिएसन झापाको अध्यक्षमा पुनः मोहनकुमार ढकाल सर्वसम्मत चयन भएका छन् ।

सोमवार बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट ढकाल सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा पदमबहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह–सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह–कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत चुनिएका छन् ।

यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोमप्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहेका छन् । ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधवप्रसाद नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिए ।

संस्थामा साविक मेची अंचलभरिका ५७ जना ढुवानी सदस्य रहेका छन् । २०६४ सालमा दर्ता भएको संस्था ढुवानी व्यवसायमा पहिलो हो ।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधवप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, महासचिब पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, कोषाध्यक्ष सरोज रेग्मी, ढुवानी महासंघ १ नम्बर प्रदेश प्रमुख भोला पौडेल, मेची ट्रान्सपोर्ट एशोसिएसनका पूर्व अध्यक्ष बिमल आचार्य, बतास एम ए डब्लु कमर्सियल भेहिकल प्रालि मेची प्रमुख अनिल पौडेलको आतिथ्य रहेको थियो ।

ढुवानी सेवा राज्यको मुल मेरुदण्ड हो । यो व्यवसायमा स्वस्थ्य प्रतिष्पर्धा गर्दा सरकारले नीति नियम र कार्यबिधि नियमन गरेको देखिदैन ।


यात्रुवाहक सवारीको सबै स्थानहरुको समय समयमा भाडा सरकारले समायोजन गर्ने गरेको छ । तर ढुवानीको भाडा समायोजन गरेको खासै देखिदैन । ढुवानी भनेको सेवामुलक व्यवसाय हो कसैले भेकल राखेर कारबार गरेको छ भने कसैको भेकल छैन । तर, कारोबार अनुसारको कर तिर्नु पर्छ । सम्बन्धित जिल्लाको भूगोल अनुसारको भाडा निर्धारण गर्न सरकारले ध्यान दिनु पर्ने देखिएको छ । केन्द्रीय महासंघमा १८ वटा शाखा रहेका छन् । जसको छाता संस्था केन्द्रीय ढुवानी महासंघ बनाउन पूर्वबाटै मेची ट्रान्सपोर्ट एशोसिएसन झापाले परिकल्पना गरेको र संस्थापक भएकोले हाल देशैभरिका ढुवानी एकीकृत भएको अध्यक्ष नेपालले बताए । कार्यक्रममा प्रायोजकहरुलाई कदरपत्र तथा अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष मोहनकुमार ढकाल र कोषाध्यक्षको प्रतिवेदन हेमन्त प्रसाईले प्रस्तुत गरेका थिए । त्यस्तै स्वागत मन्तव्य पदमबहादुर तामाङ र संचालन नविन दंगालले गरेका थिए ।

नवनिवाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराई निर्वाचन समितिका आयुक्त रुद्रप्रसाद भुर्तेलले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्