झापा,भदौ २८ । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये २२.९५ प्रतिशत अर्थात् १४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितावन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी र झापा जिल्लाका रहेका छन् ।
प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजा अनुसार नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरु पत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ ।

परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्