झापा, भदौ २९ । झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्