बिर्तामोड, भदौ ३१ । पाँच वर्षीया एक बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड ३ सैनिकमोडका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५२ वर्षीय प्रदीप शाह रहेका छन् । उनले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाईफकाई मुख मैथुन गरेका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।

प्रहरीले हिजो नै साहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्