भद्रपुर,असोज १० । मेची नदीमा डुबेर एक भारतीयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोरीबारी थानाअन्तर्गत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो नक्सलबारीको झापुजोतबाट मेची नदी तैरिएर जान लाग्दा उनको डुबेर मृत्यु भएको थियो । उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज पठाएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्