झापा,असोज १३ । सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेपनि आजदेखि मौसम अनुकूल भएपछि केही निजी विद्यालयहरु संचालन भइरहेका छन् ।
बिर्तामोडका केही निजी विद्यालयहरुले पठनपाठन संचालन गरिरहेका हुन् । बिर्तामोड–७ स्थित कंचन इङ्लिस स्कुलले सूचना जारी गरी अनुकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै र आगामी परीक्षालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापनले हिजोको निर्णय उल्टाउने निर्णय गरेको जनाएको छ। आज विद्यालय खुल्ने र परीक्षा तथा कक्षाहरू नियमित तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ ।
अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले विदा दिनुअघि बिर्तामोड नगरपालिकाले आज एकदिन विदा दिने निर्णय गरेको थियो ।