झापा , असोज १३ । सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ ।

गएराति ८.३० बजे सुनसरीको बराहक्षेत्र नगरपलिका–४ बराहक्षेत्रमा आफ्नै घरमा सिटीसफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५५ बर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका आफन्तले प्रहरीलाई खवर गरेपछि चकरघट्टी महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला अस्पताल इनरुवा लगी आज दिउँसो १ बजे चौधरीको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्