झापा , असोज १४ । मेची राजमार्ग फेरि अवरुद्ध भएको छ ।
आज दिउँसो १.१० बजेदेखि राजमार्ग अवरुद्ध बनेको हो । इलाम नगरपालिका–९ माईखोलास्थित सडकखण्डमा माथिबाट ग्याभलिन जालीसहितको ढुंगा झरेपछि बाटो अवरुद्ध भएको हो ।
उक्त बाटो खुलाउनको लागि इलाम नगरपालिकासंग समन्वय भइरहेको जनाइएको छ । पहिरोका कारण मेची राजमार्ग विगत तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । दिउँसो २ बजेबाट एकतर्फी यातायात संचालन भइरहेको जनाइएको छ ।