झापा, असोज १५ । अविरल वर्षाका कारण सोलुखुम्बु र ओखलढुगामा रहेका दुईवटा जलविद्युतमा क्षति पुगेको छ ।
अबिरल बर्षाका कारण सोलु खोलामा आएको बाढीले सोलुखुम्बुको सोलु दुधकुण्ड –११ स्थित ८२ हाइड्रोपावरमा क्षति पुगेको छ । हाइड्रोपावरको पावर हाउस अगाडी खोला किनारमा लगाएको अन्दाजी ३० मिटर याप वालमा क्षति भएको छ भने सोही हाइड्रोपावरको नजिक रहेको अडिट–४ सुरुङ अगाडी खोला किनारामा लगाएको अन्दाजी १० मिटर क्याबिन वालमा क्षति पुगेको छ ।
त्यस्तै पावर हाउसतर्फ लगिएको फायर ट्याङको पाइप सडक माथिबाट पहिरो झरी फायर ट्याङको अन्दाजी २५ मिटर पाइप क्षति भएको अस्थायी प्रहरी चौकी रमितेले जनाएको छ ।
त्यस्तै अबिरल बर्षाका कारण ओखलढुंगाको खिजिदेम्बा–८ स्थित भुसिङगा खोलामा आएको बाढीले भुसिङगा खोला लघु जलबिद्युत आयोजनाको ४० मिटर प्लाष्टिकको पाइप बगाएको छ ।