झापा, असोज १५ । ओखलढुंगाका दुई दर्जन घरहरु पहिरोको जोखिममा परेका छन् ।

सुनकोशी गाउँपालिकाका २२ वटा र सिद्धिचरण नगरपालिका वडा नं –२ का दुईवटा घरहरु जोखिममा परेका हुन् । सुनकोशीका घरहरु जोखिममा परेको खबर प्राप्त भएपनि बाटो खराब भएकोले तत्काल प्रहरी टोली जान सकेको छैन । हिजो दिउँसो २.३० बजे सुनकोशीका धेरै घरहरु पहिरोको जोखिममा रहेको प्रहरी चौकी मुलखर्कमा खबर गरिएको थियो । तर , प्रहरी टोली उद्धारका लागि जान सकेको छैन । स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

डिल्ली माझी ,ढुण्डीराज पहाडी , महेश लुईटेल , वडा नं .३ सिस्नेरी भञ्ज्याङ बस्ने हिराबहादुर थापामगर , चन्द्रमाया श्रेष्ठ , अम्बरबहादुर बुढाथोकी , जितबहादुर बुढाथोकी , पण्डित टोल बस्ने ठगेन्द्रप्रसाद पण्डित , प्रेमबहादुर बुढाथोकी ,वडा नं. ४ जेरुङ डाँडा बस्ने लक्ष्मण परियार , तिलक थापामगर ,सर्कबहादुर श्रेष्ठ ,४ बस्ने पुष्पबहादुर राई , कुमार श्रेष्ठ , तिलकबहादुर थापा ,टंकबहादुर श्रेष्ठ , नारायण श्रेष्ठ र जेरुङघाट बस्ने डोर्णहरि राईको घर जोखिममा परेको हो । त्यस्तै सिद्धिचरण –२ ठुलाछापका रामचन्द्र कार्की र तालबहादुर मगरको घरमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनकोशी –१ बल्खु बेसीमा अन्दाजी २२० रोपनीमा लगाएको धान खेतीमा सुनकोशी नदीको बाढी पसी पूर्णरुपमा क्षति गरेको छ । त्यस्तै वडा नं –४ जेरुङमा अन्दाजी १२ हेक्टरमा लगाएको धान खेतीमा मोलुङ खोला र सुनकोशी नदीमा आएको बाढी पसेर पूर्ण रुपमा क्षति गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्