झापा , असोज १५ । पहिरोले पाँचथरको फिदिम– ६ खोल्सापारीस्थित काफलबोटे आधारभूत विद्यालयको भवन बगाएको छ ।

सांकेतिक तस्वीर

विद्यालय भवन बगाउँदा एक करोड पचास लाखबराबरको क्षति भएको छ । पहिरोले ढुङ्गा, सिमेन्टको गारो र ट्रस लगाई टिनको छानो भएको ३ कोठे विद्यालय भवन बगाएको विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर थापाले बताए ।

कार्यालय कोठा, सोभित्र रहेका कागजात, कम्प्युटर, प्रिन्टरलगायत अन्य शैक्षिक सामग्रीसहित दुर्ई वटा कक्षाकोठा पहिरोले बगाई पूर्ण रूपमा क्षति पुर्याएको थापाले जानकारी दिए । त्यस्तै पहिरोले पाँचथरको तुम्बेवा वडा नं.१ साँवाखोलास्थित क्षमादेवी कन्स्ट्रक्सनको क्रसर उद्योग बगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्