झापा , असोज १९ । लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील इन्द्रप्रसाद ओलीले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी पुस्तक दिव्य दृष्टि प्रकाशित गरेका छन् ।

सो पुस्तकको आज बिर्तामोडमा एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले लोकार्पण गर्ने भएका छन् । चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मंचका अध्यक्षलगायत एक दर्जन बढी संघ संस्थामा आवद्ध भद्रपुर– ७ निवासी ओलीको यो पाँचौ कृति हो ।

यसअघि उनले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरु प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्