झापा , असोज १९ । पाँचथरको फिदिमबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । 

प्रहरीले फिदिम– ४ बस्ने २४ वर्षीय अबिन सुजी , सोही ठाउँ बस्ने २३ वर्षीय पुरण खत्री , फिदिम– १ बस्ने १९ वर्षीया सुस्मा लिम्बू , फालेलुङ गाउँपालिका– ४ बस्ने २३ वर्षीय जोसिफ राई र याङवरक गाउँपालिका– १ बस्ने २८ वर्षीय सरोज लावतीलाई पक्राउ गरेको हो ।

गएराति ११.४५ बजे फिदिम नगरपालिका वडा नं. ४ जोरसालस्थित अबिन सुजीको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले खानतलासी गरेको थियो । त्यसक्रममा उनीहरुको साथबाट १ ग्राम ब्राउनसुगर, ट्रामाडोल ४ पत्ता, नगद ७ हजार , विभिन्न कम्पनीको मोवाईल थान ४ थान , प्र.१–०३–००१ प ६५४० र प्र.३–०२–०११ प ५३२२ नम्बरको दुई वटा स्कुटी बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्