झापा, असोज १९ । सर्पले डसेर झापा बाह्रदशी– ५ घोडामाराकी एक महिलाको मृत्यु भएको छ ।

हिजो साँझ ६.३० बजे बाह्रदशी– ५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिने पट्टीको खुट्टामा सर्पले डसेको थियो ।

तत्काल नाम नखुलेको बिषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा राति ८.५ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहर िनिरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्