झापा,असोज १९ । ट्रेकिङका लागि कञ्चनजंघा क्षेत्र जाँदै गरेका एक पर्यटक टोलीको कुकको पहिरोमा पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार संखुवासभाको सिलिङचोङ गाउँपालिका–५ घर भएका ४० वर्षिय टिका राईको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिका–६ इटहरी भन्ने ठाउँमा सुक्खा पहिरो झरेको थियो ।
१८ जनाको समूहमा रहेका राईलाई त्यही पहिरोले पुरेको हो । समूहमा जापानीज नागरिक ३, कुक र गाइड एक÷एक र बाँकी १३ जना भरिया थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत विवेक बस्नेतका अनुसार घटनास्थलमा लुङथुङ प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्