झापा , असोज २३ । भारत लैजान लागेको लसुन र सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद भएको छ ।

आज साँझ ५.१० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित मेचीडाँडामा भारत लैजाने प्रयास गर्दै गरेको लसुन र सुपारी सशस्त्र प्रहरी बल २ नम्बर गणबाट खटिएको एल.आर.पी. टोलीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले लसुन र सुपारी कार्यालय लिएर गएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।