झापा, असोज २६ । झापाका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डि.के. ( धनकुमार गुरुङ ) को आज बिहान निधन भएको छ ।

बिर्तामोड–१ चारपाने निवासी गुरुङको ६७ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । उनी प्रेसर , सुगरलगायतका समस्याबाट पीडित थिए ।

सुकृति स्पार्टिङ क्लब तथा बिर्तामोड फुटबल क्लबका अध्यक्ष गुरुङ , गुरुङ राष्ट्रिय परिषदका बिर्तामोड नगरका पूर्व अध्यक्ष हुन् । डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्