झापा, असोज २६ । पशु करणी गर्दैगर्दा खोटाङमा एक युवक रंगेहात पक्राउ परेका छन् ।

आज बिहान ९ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–३ कारागारनजिकै बस्ने मुना खत्रीको गाई सोही ठाउँको जंगलमा चरिरहेको अबस्थामा ऐसेलुखर्क –४ जलेश्वरी बस्ने १९ वर्षीय निश्चल दर्नालले गाईको खुट्टा र घाँटीमा डोरी लगाई गुराँसको बोटमा बाँधेर जबर्जस्ती करणी गरिरहेका थिए ।

गाईधनीले देखेर खेदाउँदै गर्दा भागेका दर्नाललाई कारागार अगाडिबाट कारागारमा खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्