झापा , असोज २६ । मंगोल नेशनल अर्गनाइजेसनले अभियान नै संचालन गरी पूर्वी नेपालमा दशै बहिष्कार गरेको छ ।

अर्गनाइजेसनले झापा, मोरङ, सुनसरी, धनकुटालगायतका जिल्लामा दशै बहिष्कार गरेको हो । अर्गनाइजेसनले झापामा मेचीनगर , बिर्तामोड, भद्रपुर ,कमल , दमक, अर्जुनधारालगायत गरी ७ ठाउँमा दशै बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–२ भृकुटी चोकस्थित मंगोेल रिसर्च सेन्टरको सभाहलमा दशै बहिष्कार कार्यक्रम आयोजना गरिएको थियो । मंगोल नेशनल अर्गनाइजेसन मेचीनगर सभाको आयोजनामा नगर अध्यक्ष किशोर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष बुद्धलाल मेचेको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय मुल सचिब सन्तोष तामाङ, केन्द्रीय सहसचिब सानबहादुर मेचे, कोशी प्रान्तीय सभा सदस्य बानिरा मेचे, झापा जिल्ला अध्यक्ष सागर दर्जीलगायत करिब ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कालो टीका लगाएर दशैँ बहिष्कार गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मेचेले उपस्थित नेता कार्यकर्ताहरुलाई कालो टीका लगाइदिएका थिए ।

त्यस्तै बिर्तामोड –१० स्थित फेसबुक चोकमा मंगोल नेशनल अर्गनाइजेसन बिर्तामोड नगर सभाको आयोजनामा नगर सभा अध्यक्ष दिपेन राईको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय प्रचारप्रसार सचिब श्याम लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा जिल्ला अध्यक्ष सागर दर्जीलगायत करिब ३५ जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार कार्यक्रम गरिएको जनाइएको छ ।

त्यस्तै भद्रपुर –४ माबो चोकमा मंगोल नेशनल अर्गनाइजेसनको भद्रपुर नगर सभाको कार्यालयमा मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर नगर सभाको आयोजनामा दशै बहिष्कार कार्यक्रम गरिएको थियो । नगर सभा अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य लासिमहाङ लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो ।


त्यस्तै कमल – ५ पारुहाङ चोकस्थित मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँ सभाको कार्यालयमा मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँ सभाको आयोजनामा कार्यक्रम गरिएको थियो । गाउँ सभा अध्यक्ष होमबहादुर राईको अध्यक्षतामा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय सहसचिव सानबहादुर मेचेले उपस्थित नेता कार्यकर्ताहरुलाई कालो टीका लगाइदिएका थिए ।

त्यस्तै दमक–४ स्थित मंगोल नेशनल अर्गनाइजेसन दमक नगर सभाको कार्यालयमा केन्द्रीय सहसचिब सानबहादुर मेचेले सहभागीहरुलाई कालो टीका लगाइदिएका थिए ।झापा जिल्ला अध्यक्ष सागर दर्जीलगायत करिब ३० जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार कार्यक्रम गरिएको जनाइएको छ ।

त्यस्तै मेचीनगर – ४, गोलेगाउँस्थित वडा सभाको कार्यालयमा मंगोल नेशनल अर्गनाइजेसन मेचीनगर ४ नं. वडा सभाको आयोजनामा कार्यक्रम गरिएको थियो । वडा सभा अध्यक्ष काजीमान आलेको अध्यक्षतामा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय मुल सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा केन्द्रीय सर्वोच्च सभा सदस्य दिलिप धिमाललगायत करिब २५ जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार कार्यक्रम गरिएको थियो ।

त्यस्तै अर्जुनधारा – ११, नयाँ बसपार्कस्थित फक्तालुङ होटलमा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सचिव मणिबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा करिब १० जनाको उपस्थितिमा कालो टीका लगाएर दशैँ बहिष्कार गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्