झापा , असोज २७ । हिजो साँझ खोटाङमा रोटेपिङबाट लडेर एक व्यक्ति घाइते भएका छन् ।

साँझ ५.३० बजे खोटाङ ऐसेलुखर्क– ३ लालबौद्ध बस्ने अन्दाजी ५५ वर्षीय गणेश तामाङ रोटेपिङबाट लडेर घाइते भएका हुन् ।
बढारे भन्ने स्थानमा लगाइएको रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएको प्रहरीले जनाएको छ । हात खुट्टा नचलेको, बायाँ खुट्टामा चोट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको छ ।