बिर्तामोड, असोज २७ । सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा बिर्तामोड– १० स्थित मुसहर बस्तीका सिताराम ऋषिदेवको मृत्यु भएको छ ।

हिजो साँझ बिजयादशमीका दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै घर छाडेका उनले मादक पदार्थ सेवन गरी मातेकै अबस्थामा नाच्दै घरघरमा माग्दै हिडिरहेका थिए ।

सितारामलाई शनिबार बिहान ६ बजे मनकामना मन्दिर बिराटपोखरमा लडिरहेको देखेर स्थानीयले परिवारलाई खबर गरेका थिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्