झापा , कात्तिक १ । राहत वितरणमा अनियमितता भएको भन्दै बाढीपीडितहरुले सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाको ७ नं वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

राहत वितरणमा अनियमितता गरी नातावाद कृपावाद गरेको उनीहरुले आरोप लगाएका छन् । वडा अध्यक्ष बौवालाल यादव सम्पर्कविहीन रहेको र वडा कार्यालयसमेत नआएको भन्दै हिजो दिउँसो ३.३० बजे बाढीपीडतहरुले तालाबन्दी गरेको प्रहरीले जनाएको छ । केही दिनअघि परेको अविरल बर्षाका कारण भोक्राहा नर्सिङ गाउँपालिका वडा नं ७ मा डुबान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्